फोहोर नउठेपछि कावासोती दुर्गन्धित

Published on

काठमाडौँ । नगरपालिकाले झुक्याएको भन्दै नवलपुरको डण्डामा रहेको अङ्कुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि सदरमुकाम कावासोती दुर्गन्धित बनेको छ । नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई वर्गीकरण गरी कुहिनेलाई कम्पोष्ट मल बनाउने, नकुहिनेलाई पुनः प्रयोग गर्नेलगायतका सहमति पालना नगरेको भन्दै वनले फोहोर फाल्न नदिएको हो ।

यस्तै पालिकाले बजेट विनियोजन गर्दा अन्य वनलाई जस्तै अङ्कुरलाई पनि बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने, बिग्रेका मेसिनहरु मर्मत गर्नुपर्ने, फोहोर आजको आजै वर्गीकरण गर्नुपर्ने र वर्गीकरणपछि मात्र फोहोर उठाउने माग राखेको छ । जसका कारण कावासोतीमा १० दिनदेखि फोहोर उठ्न सकेको छैन । नगरपालिकाले सहमतिविपरीत फोहोर उठाएकाले विसर्जन गर्न नदिएको वनका अध्यक्ष लोकबहादुर केसीले बताउनुभयो । नगरपालिकासँग आइतबार भएको छलफल सहमति नजिक पुगेको भए पनि अहिलेसम्म सङ्कलन भएको फोहोरलाई पहिले वर्गीकरण गरेर मात्र फोहोर उठाएर विसर्जन गर्न दिने अध्यक्ष केसीले बताउनुभयो ।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि केही सर्त राखेर नगरपालिकामा पत्र बुझाएको र सोही विषयमा कार्यपालिकामा छलफल गरेर निर्णय गरिने बताउनुभयो । वनसँग भएको छलफल सहमति नजिक पुगेको भुसालकोे भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले अङ्कुर सामुदायिक वनका पदाधिकारीसँग भएको छलफलमा ११ बुँदे सहमतिको ड्राफ्ट भएको र नगरपालिकाले प्राथमिकताका आधारमा सहमति कार्यान्वयन गर्दै जाने तर फोहोर भने उठाइहाल्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले अङ्कुर सामुदायिक वनको नजिकै रहेको केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको छ । नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आह्वान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर सङ्कलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...