चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँः अध्यक्ष महतो

Published on

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरुद्धमा पनि सङ्घर्ष जारी राख्ने बताउनुभयो । चुरे दोहन, वन विनास तथा मधेस सरकारको बेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘सङ्घर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने सङ्घर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको सङ्घर्ष । मधेश सरकारको बेथितिविरुद्धको सङ्घर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको सङ्घर्ष, बागमती प्रदेश नाम खारेजीको सङ्घर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक विस्तार खोला नदी मापदण्डविरुद्धको सङ्घर्ष आदि सङ्घर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’’ विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।विविध विषयमा छलफल तथा निर्णय गर्न सोमबार बसेको परिषद् बैठक मङ्गलबारसम्म जारी रहने पार्टीले जनाएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...