राष्ट्रिय मुक्ति पार्टीले सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने

Published on

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताउनुभएको हो । उहाँले सङ्गठन विस्तार, प्रशिक्षण तथा अर्थ सङ्कलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा सङ्गठित बनाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ देखि वैशाख १५ गतेसम्म सङ्गठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ सङ्कलन अभियान चलाउने निर्णय गरिएको छ । यस अभियानअन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्‍याइनेछ ।’’ अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताउनुभयो । उहाँले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...