राष्ट्रिय मुक्ति पार्टीले सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने

Published on

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताउनुभएको हो । उहाँले सङ्गठन विस्तार, प्रशिक्षण तथा अर्थ सङ्कलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा सङ्गठित बनाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ देखि वैशाख १५ गतेसम्म सङ्गठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ सङ्कलन अभियान चलाउने निर्णय गरिएको छ । यस अभियानअन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्‍याइनेछ ।’’ अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताउनुभयो । उहाँले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...