राधा दामोदरमा तीन लाख अनुदान

Published on

काठमाडौँ । चापाकोट नगरपालिका–६ मा रहेको पवित्र तीर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा तीन लाख अनुदान उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले आश्रममाा रहनु भएका ज्येष्ठ नागरिकका लागि आर्थिक सहयोग प्रदान गरेको हो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अनुदान रकम ज्येष्ठ नागरिकको खाद्यान्न, औषधी उपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीमा खर्च गरिने छ । आश्रममा २२ जना ज्येष्ठ नागरिक बस्दै आउनु भएको छ ।

ज्येष्ठ नागरिकलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रूपमा जीवनयापन गर्नमा सहयोग गरी दैनिक जीवनयापनमा सहजता ल्याउन ज्येष्ठ नागरिक आश्रमलाई सञ्चालन अनुदान उपलब्ध गराइएको सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बताउनुभयो । स्थानीय तहको सरकारले माथिल्लो तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको र स्याङ्जा सदरमुकामदेखि टाढा रहेको ज्येष्ठ नागरिक आश्रममै आएर सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको वडाध्यक्ष तारा पोख्रेलले बताउनुभयो । सामाजिक विकास कार्यालयले पछिल्लो क्रममा सामाजिक क्षेत्रमा सहयोग गर्दैआएको छ । सीप हस्तान्तरणमा सक्रिय रहँदै आएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...