तम्घासमा बृहत् स्वास्थ्य शिविर हुने

Published on

काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको मुख्य आयोजनामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष श्रेष्ठले शनिबार अर्थात भोलि फागुन १७ गते महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर हुने बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोगसहित हविभिन्न रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधी निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो ।

जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरूको चेक जाँच गर्ने प्रबन्ध मिलाइएको छ । इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण हुने र सबै प्रकारका रोगहरूको निःशुल्क औषधी वितरण समेत गर्ने योजना बनाइएको छ । महेन्द्र माध्यमिक विद्यालय तम्घासको प्राङ्गणमा बिहान ८ः३० देखि अपराह्न ४ः०० बजेसम्म सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै, शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीसहित रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पनि सहयोग रहेको छ। यस शिविरबाट सबैलाई लाभ लिन र आफ्नो स्वास्थ्य परीक्षणका लागि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...