मिर्गौला पीडितलाई ६ लाख सहयोग

Published on

काठमाडौँ । दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा माण्डवी गाउँपालिकाका पूर्वअध्यक्ष श्रीधर रोका मगरले अस्पतालमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । रकम पाउँदा बोहोराले खुसी व्यक्त गर्दै सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्नुभयो । बोहोराको उपचारका लागि सामाजिक सञ्जालमार्फत विशेष सहयोग अभियान सञ्चालन गरिएको थियो, जसअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए । अभियानलाई अझै निरन्तरता दिइने जनाइएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...