प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐसोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताउनुभएको हो ।

“केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“हामीसमयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।” त्यसैगरी उहाँले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको बताउनुभयो । “हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नीतिको व्यवस्था गरेको छ ।” उहाँले भन्नुभयो–“निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ ।” उहाँले शिक्षा,स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्वविद्यालय स्थापना भएको बताउनुभयो ।

उहाँले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताउनुभयो । निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उहाँको भनाई थियो । “तपाईहरुले आवश्यकता भन्दा बढि शुल्क लिने अभिभावकलाई दबाब दिने, प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्ने जस्ता काम गरिराख्नु भएको छ भने बन्द गर्नुस् नभए सरकारले नियन्त्रण गर्छ ।” उहाँले भन्नुभयो–“सरकारले निजि तथा आवासीय विद्यालय र सरकारी विद्यालयहरुका लागि सन्तुलित नीति निमार्ण गर्छ ।”

उहाँले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका बताउनुभयो । “अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन ।” गृहमन्त्री लेखकले भन्नुभयो–“हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्न्तिको यात्रामा अघि बढाउनको लागि बनाएके हो ।”

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...