नौ वर्षपछि बन्यो विद्यालय भवन

Published on

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका –७ लापुबेंसीमा नौ वर्षपछि प्रभातकिरण माविको सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ। २०७२ सालमा भूकम्पले विद्यालय भवन भत्किएको थियो। चाईल्ड फर जापानको आर्थिक सहयोगमा भूकम्प गएको ९ वर्षपछि विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको हो। २० रोपनी जग्गामा बेलायती राजकुमार हेयरीले बनाइदिएको अस्थायी टहराबाट विद्यालयको कक्षा सञ्चालन हुँदै आएको थियो। अहिले भने दुई तलाको ८ कोठे सुविधासम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरिएको प्रभातकिरण माविका प्रधानाध्यापक जीतबहादुर गुरुङले जानकारी दिनुभयो। सुविधासम्पन्न नयाँ प्रशासकीय भवनसँगै शिक्षण सिकाइमा सहज हुने विद्यालयका प्रधानाध्यापक गुरुङको विश्वास छ। भवन कुल तीन करोड ५० लाख रुपियाँ बजेटमा निर्माण गरिएको प्राविधिक सहयोग गर्ने एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...