रुपन्देहीमा हत्या गरिएको अवस्थामा युवाको शव फेला

Published on

काठमाडौँ । रुपन्देहीको मायादेवि गाउँपालिका–२ मा एकजना युवक हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् । मायादेवि २ डञ्चहवाका २९ वर्षीय राकेश सिंह लोध हत्या गरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस।पी रन्जितसिंह राठौरले जानकारी दिनुभयो । मृतक लोधको टोउकोमा गम्भीर चोट रहेको एसपी राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसँग अङ्शबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् ।

राकेश अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उहाँका बुबा आमा तथा दाजुभाई अन्यत्रै बस्दै आउनुभएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना शनिबा बिहान ७ः३० बजे तिरको हो । प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो । दाजुभाईबिच अङ्श मुद्दामा विवाद भएपछि अदालतमा मुद्दा समेत दर्ता भएको पारिवारिकले जनाएको छ । घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...