गोरखापत्रकर्मी चौधरीसहित पत्रकार पुरस्कृत

Published on

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिले गोरखापत्र दैनिकका समाचारदातासहित चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिज मधेश प्रदेशको शनिबार बाराको कोल्हवीमा आयोजित पाँचौं साधारण सभामा उहाँहरुलाई पुरस्कृत गरिएको हो। सभाले देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार राससका बारा प्रतिनिधि सत्यप्रसाद श्रेष्ठ, सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आले, क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सहसम्पादक सप्तरीका डम्बर राईलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, फोनिज सङ्घीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पुरस्कृत पत्रकारलाई जनही १० हजार राशिसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...