गोरखापत्रकर्मी चौधरीसहित पत्रकार पुरस्कृत

Published on

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिले गोरखापत्र दैनिकका समाचारदातासहित चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिज मधेश प्रदेशको शनिबार बाराको कोल्हवीमा आयोजित पाँचौं साधारण सभामा उहाँहरुलाई पुरस्कृत गरिएको हो। सभाले देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार राससका बारा प्रतिनिधि सत्यप्रसाद श्रेष्ठ, सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आले, क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सहसम्पादक सप्तरीका डम्बर राईलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, फोनिज सङ्घीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पुरस्कृत पत्रकारलाई जनही १० हजार राशिसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...