गाउँपालिका कार्यालयमा आगलागी

Published on

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ। वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो। उक्त घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार कार्यक्रमको शाखा रहेका थिए। घरमा बिजुलीको तारबाट विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो। प्रहरी चौकी चौलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...