सुनसान बन्दै पुराना बजार

Published on

काठमाडौँ । गाउँघरमा नुनदेखि सुनसम्म पाइने पुराना बजार सुनसान बन्दै गएका छन् । ग्रामीण भेग सडक सञ्जालसँग जोडिएपछि बजार सुनसान हुने क्रम सुरु भएको हो । एक दशक अगाडिसम्म बिहान ४ बजेदेखि र राति अबेरसम्म मानिसको भिड हुने रामेछापको उमाकुण्ड गाउँपालिकाको रत्नज्योति बजार अहिले सुनसान भएको छ । बजारमा व्यापार हुन छाडेपछि व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

स्थानीयका अनुसार जिल्ला सदरमुकाम मन्थलीबाट पाँच घण्टाको सडकयात्रामा पुगिने यो बजार २०६१ सालमा विस्तार भएको थियो । सोलुखुम्बुको सगरमाथा क्षेत्रदेखि ओखलढुङ्गा जिल्लासम्मका मानिस यहाँ किनमेल गर्न आउने गरेका थिए । त्यसबेला यो बजारका व्यवसायीले उपभोक्तालाई सामान दिन भ्याइनभ्याइ हुने गरेको थियो । सडक सञ्जाल विस्तार भएपछि बजार सुनसान बन्न थालेको स्थानीय अनिल प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “आठ वर्ष अगाडिसम्म रत्नज्योति बजारमा मानिसको चहलपहल हुने गरेको थियो । अहिले त्यतिबेलाको समय इतिहास जस्तै बनेको छ । बजारमा व्यवसाय हुन छाडेपछि धेरै व्यवसायी विस्थापित भइसकेका छन् । भएका पनि विकल्पको खोजीमा लागिसकेका छन् ।”

आर्थिक वर्ष २०६६/६७ सम्म मानिसको राम्रो चहलपहल हुने रत्नज्योति बजार अहिले ठप्प जस्तै रहेको अर्का स्थानीय व्यवसायी हिरणकुमार श्रेष्ठ बताउनुहुन्छ । त्यसबेला रामेछापसहित सोलुखुम्बु, ओखलढुङ्गा जिल्लाका दुर्गम गाउँका मानिसको मुख्य किनमेल यही बजार रहेको थियो । उहाँले भन्नुभयो, “यहाँका व्यवसायीले मासिक एक÷डेढ लाख रुपियाँ जोगाउन कुनै समस्या थिएन तर अहिले समय फेरिएको छ । दुर्गम गाउँमा मोटरबाटोलगायतका सुविधा पुगेको छ । हाम्रोमा व्यापार घटेको छ ।” अर्का व्यवसायी कुमार नेपालीले वैदेशिक रोजगारीमा जान बाध्य भएका छौँ, हाम्रा सन्तान विदेश जाँदै छन्, हामीले पनि अन्य व्यवसाय गर्नु परेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...