कुटपिट गरी श्रीमतीको हत्या

Published on

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका –८ कछुवाखाडी निवासी १७ बर्षिया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् । मृतकमा श्रीमान् २२ बर्षिय दिनेस सदाले अनिसालाई आइतबार राति अन्दाजी ९ बजेतिर आफ्नै घरको भान्सा कोठामा हत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयले टेलिफोन गरी सोमबार विहान घट्नाबारे जानकारी गराएपछि अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीका एसपी गोविन्दराज काफ्ले घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार पहिलेदेखि नै श्रीमान श्रीमतीबिच सम्बन्ध राम्रो थिएन । मृतकको शब हाल पोष्टमार्टमका लागि दुधौली नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । निजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...