गोरखामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

Published on

काठमाडौँ । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेस्ट इभी माइक्रो सडकबाट १५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको आँबुखैरेनी गाउँपालिका अस्पतालले जनाएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सोमबार बिहान ११ः२५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीय पदमबहादुर दर्जीको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरुमा चितवन खैरेनी नगरपालिका–२ का २६ वर्षीय माइक्रो चालक सुमित चौधरी, सोही ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार र २५ वर्षीया रुपा परियार रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँकी २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुबना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिशा परियार र ३६ वर्षीय अर्जुन परियारको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटना हुने बित्तिकै नजिकै रहेको मझुवा प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...