गुठीपीडित किसानको माग सम्बोधन गर्न आग्रह

Published on

काठमाडौँ । थारू कल्याणकारिणी सभा (थाकस) दाङले स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दबाबको कार्यक्रम गर्दैआएको छ । सभाले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि आन्दोलनमा रहेको गुठीपीडित किसानको माग सम्बोधन गर्न माग गरेको हो । थाकसले पीडितको कार्यक्रममा बल प्रयोग नगर्न पनि सुरक्षा प्रशासनको ध्यानाकर्षण गराएको छ । सभाले पीडित किसानको मागलाई सरकारले संवेदनशील भएर सुनुवाई गर्नुपर्ने आग्रह गर्दै वार्ताबाट समाधान खोज्न सुझाव दिएको छ । त्यसैगरी सभाले लामो समयदेखि जोतभोग गर्दैआएको जग्गा समेत मोहियानी कायम गर्न माग गरेको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...