कांगेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ : सभापति देउवा

Published on

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनेगरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ । रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसकेपनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताउनुभयो । उहाँले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिनुभयो । नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुङ्ग्याउनुपर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’’ सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताउनुभयो ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...