जेसीज कप फुटबलमा आर्मी र पर्पल हेज विजयी

Published on

काठमाडौँ । बागलुङको बाङेचौर खेलमैदानमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाली सेनाको श्रीमेहर गण र पर्पल हेजले विजयी सुरुवात गरेका छन् । मङ्गलबार भएको खेलमा श्रीमेहरले रुद्रेपिपल युवा क्लब र पर्पल हेज–एभिएमले बागलुङ युनिटी क्लबलाई फराकिलो गोल अन्तरले पराजित गरेका हुन् । मदन लिम्बुको ह्याट्रिकको मद्दतमा विभागीय टोली श्रीमेहर गणले रुद्रेपिपललाई ७–० गोलअन्तरले पराजित गरेको हो । श्रीमेहरका लागि मदन लिम्बुले ४, विकास मगर, किसान राई र मविन तुम्बाफेले समान १–१ गोलको योगदान गर्नुभयो । श्रीमेहरले बिहीबार बलेवा एफसीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको दोस्रो खेलमा पर्पल हेज–एभिएमले बागलुङ एकता कल्बलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । बागलुङ एकताले खेल १८ औं मिनेटमा सुशील थापाको गोलबाट अग्रता लिए पनि धेरैबेर जोगाउन सकेन ।

पर्पल हेजका अबिशेक महतोले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा ३३ औ मिनेटमा सुजाब बानियाँले गोल गर्दै अग्रता दिलाउनुभयो । मिलन स्याङतानले थप दुई गोल गरेपछि पर्पल हेजले अन्तिम चारमा स्थान पक्का गरेको छ । बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बुधबार पहिलो खेल गुठी युनाइटेड र म्याग्दी जिल्ला फुटबल सङ्घ र दोस्रो खेल अमर आदर्श स्पोट्रस क्लब र जिल्ला प्रहरी कार्यालय बागलुङबिच हुने जेसीज अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले ५ हजार रुपियाँ प्राप्त गर्नेछ ।यस्तै, विधागततर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपियाँ प्राप्त गर्ने जनाइएको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...