महिला क्रिकेट टोलीको बिदाइ

Published on

काठमाडौँ । युगान्डा भ्रमणका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपालले मार्च ७ देखि १६ तारिखसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्ने छ । टोलीलाई बुधबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायत पदाधिकारीले बिदाइ गर्नुभयो । सिरिजका लागि (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । क्यानले दुई साता बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । टोलीमा साना प्रविन र रिया शर्माले पहिलो पटक स्थान बनाउनुभएको छ । प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, शोभा रोकाय र मनीषा उपध्याय बाहिरिनुभएको छ ।

टी–२० सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबियाको सहभागिता रहनेछ। सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ । नेपालले आफ्नो पहिलो खेल मार्च ८ तारिख नामिबयासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल मार्च ९ मा युगान्डा र तेस्रो खेल मार्च १० मा हङकङसँग खेल्नेछ । यस्तै नेपालले पुनस् मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङको सामना गर्नेछ । युगान्डा जाने खेलाडी टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन र रिया शर्मा हुनुहुन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...