नेत्री पाण्डेको ‘भुइँमान्छे’ सार्वजनिक

Published on

काठमाडौँ । निलम्बित नेकपा (एमाले) स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पार्टीको इतिहास झल्कने ‘भुइँमान्छे’ पुस्तक सार्वजनिक भएको छ। कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रामा आमकार्यकर्ताको योगदान समेटिएको पुस्तक ‘भुइँमान्छे’ झापामा आयोजित कार्यक्रममा बुधबार सार्वजनिक भएको हो। नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य पाण्डेको पुस्तक ‘भुइँमान्छे’ झापा र इलामको सीमाना बधस्थल सुखानीमा कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिस्टले कम्युनिस्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४७ वर्षअघि कम्युनिस्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले परिचित छ।

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तात्कालीन घटनामा आम कार्यकर्ताको भूमिका पुस्तकमा समेटिएको लेखक पाण्डेले बताउनुभयो। कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले संयुक्त रुपममा पुस्तक विमोचन गर्नुभएको हो। एमालेको दस्तावेज समेटिएको पाण्डेको पुस्तक होम भट्टराईले सम्पादन गर्नुभएको हो। कार्यक्रमलाई सम्पादक भट्टराईसँगै एमाले केन्द्रीय पूर्व सांसद रविन कोइरालाले सम्बोधन गर्नुभयो। झापा आन्दोलनका योद्धा नरेश खरेलको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन समारोहमा झापा आन्दोलनका योद्धा सानु दुर्गा अधिकारीसहित को उपस्थिति थियो। झन्डै चार दशक वाम राजनीतिमा बिताउनुभएकी पाण्डेले आम सर्वसाधरणले तात्कालीन समयमा निर्वाह गरेको भूमिका र इमानका कारण नै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरुको भूमिकालाई सम्मान गर्नुपर्ने बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...