प्रधानमन्त्रीद्वारा निबन्ध लेखनका विजयी प्रतियोगी पुरस्कृत

Published on

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरेएको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीपिन सिजापति प्रथम हुनुभएको छ । त्यस्तै, मोहन पोखरेल द्वितीय हुनुभएको छ । प्रतियोगितामा समीक्षा दाहाल तृतीय हुनुभएको छ । त्यस्तै, रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना पुरस्कार जित्नुभएको छ । उहाँहरूलाई एमाले अध्यक्ष ओली र युवा सङ्घ नेपाल सङ्गठनका अध्यक्ष क्षितिज थेवे, सङ्गठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको युवा सङ्घ नेपालका पदाधिकारीहरुले बताउनुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...