प्रधानमन्त्रीद्वारा निबन्ध लेखनका विजयी प्रतियोगी पुरस्कृत

Published on

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरेएको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीपिन सिजापति प्रथम हुनुभएको छ । त्यस्तै, मोहन पोखरेल द्वितीय हुनुभएको छ । प्रतियोगितामा समीक्षा दाहाल तृतीय हुनुभएको छ । त्यस्तै, रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना पुरस्कार जित्नुभएको छ । उहाँहरूलाई एमाले अध्यक्ष ओली र युवा सङ्घ नेपाल सङ्गठनका अध्यक्ष क्षितिज थेवे, सङ्गठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको युवा सङ्घ नेपालका पदाधिकारीहरुले बताउनुभएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...