सामुदायिक अस्पताल डेढ बर्षदेखि बन्द

Published on

काठमाडौँ । चापाकोट नगरपालिका –२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ बर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा नागरिकको स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको अस्पताल बन्द अवस्थामा पुगेको हो । शेयर सदस्यबाट सञ्चालन गरिएको यो अस्पताल स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दैअएको थियो । यहाँ ६५० शेयर सदस्यले सात हजारका दरले रकम सङ्कलन गरेर पाँच रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरेर सुरु भएको थियो । सुरुवाती चरणमा २४ घन्टा सेवा दिँदैआएको अस्पतालले कोरोना समयमा राम्रो उपचार गरेको थियो । विभिन्न सहयोगी दाता, शेयर सदस्यबाट उठेको रकमको सदुुपयोग गर्दै १५ शैयाको अस्पतालले आकस्मिक तथा ओपिडी सेवा प्रदान गरेको थियो ।

अस्पताल प्रधावकारी बनाउन अस्पताललाई थप सेवा बिस्तार गराउन सघीय सरकारद्वारा नौ करोड ६८ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरिएको थियो । उपचारका लागि स्थानीय तथा पाल्पा, तनहुँका सेवाग्राही आउने गरेकोमा नियमित अस्पताल नचल्दा मर्कामा परेका छन् । गाउँकै अस्पताल बन्द हुँदा यहाँका सेवाग्राही उपचारका लागि पोखरा, बुटवल र काठमाडौँ पुग्नु परेको छ । शेयर सदस्य र स्थानीय सरकाले स्थायी रुपमा अस्पताल चलाउन नसकेसँगै गण्डकी विश्वबिद्यालयले सबै अधिकारसहित चलाउने तयारी भएको छ । विश्वविद्यालयले अस्पताल चलाउने भएपछि शेयर सदस्यले आफ्नो शेयर सहयोगमा परिणत गरेका छन् । यहाँका सबै जग्गाहरु तथा संरचना विश्वविद्यालयलाई हस्तान्तण गर्नेगरी गत माघ २८ गते सम्झौत भएको वडा अध्यक्ष टिकाराम श्रेष्ठले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...