प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एन्ड पेपर इण्डष्ट्रिजको बिहीबार उद्घाटन गर्नुभएको छ। महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो। उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाउनुभयो। उहाँले भन्नुभयो, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरु पनि अघि सरुन्।’’ आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भएर आयात कम गर्न सहयोग पुग्नेछ। यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ। नेपालमा वार्षिक करिब डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...