फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा

Published on

काठमाडौँ । धनगढी उपमहानगरपालिका –७ पटेलामा बनिरहेको आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । दुई वर्षसम्म निर्माण समयावधि रहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सात महिनामा आधाभन्दा बढी भएको हो । अब धेरैजसो काम मेसिनरी उपकरण राख्ने भएकाले तोकिएको समायवधिभन्दा ६ महिना अगाडि नै निर्माणको काम पूरा गर्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अशोक पाण्डेयले बताउनुभयो । “छ महिना अगाडि नै काम पूरा गर्ने हाम्रो लक्ष्य छ” उहाँले भन्नुभयो । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र बनिरहेको छ । ९६ करोड रुपियाँ लगानीमा २२ हेक्टर क्षेत्रफलमा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक २२ टन फोहोरमैला व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहोर छुट्टयाएर व्यवस्थापन गर्ने एडीबीका सुपरभिजन टिम लिडर इन्जिनीयर गिरीश चन्दले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन गरेर निस्केको तरललाई जलीय जीवलाई कुनै पनि असर नगर्ने बनाएर खुटिया नदीमा फालिने छ । यो फोहोरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहोर व्यवस्थापन गर्न सकिने जनाइएको छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनीयरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम गरिरहेको छ । २०२४ अप्रिलमा ठेक्का भइ निर्माणको काम सुरु गरिएको थियो । २०२६ अप्रिलसम्म निर्माण समायवधि रहेको छ । दुई वर्षभित्र निर्माण कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी तीन वर्षसम्म आफैले सञ्चालन गरेर मात्र धनगढी उपमहानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गर्ने जनाएको छ ।

त्यसपछिको बाँकी समय धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने इन्जिनीयर चन्दले बताउनुभयो । फोहोरमैला व्यवस्थापन केन्द्रका कारण दुर्गन्ध नहुने र आसपासका बस्तीलाई कुनै पनि असर नगर्ने उहाँको जिकिर छ । “यसले वातावरण प्रदूषित हुँदैन र कुनै पनि असर गर्दैन” उहाँले भन्नुभयो । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भएमा ५०–६० जना स्थानीयले रोजगारी पाउने जनाइएको छ । यसैगरी, उत्पादित मल पनि कृषि कार्यमा प्रयोगका लागि स्थानीयलाई नै दिइने बताइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमा उपयोगहीन फोहोर व्यवस्थापनका लागि छवटा सेल निर्माण गरिदैंछ । यसैगरी, तरल पदार्थ शुद्धिकरणका लागि २८ घनमिटरको पोखरी निर्माण गरिएको छ । फोहोरमैला व्यवस्थापन गरेर निस्केको तरल पदार्थको बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी), केमिकल अक्सिजन डिमान्ड ९सीओडी० र पीएच जाँच गरेर नदीमा फाल्ने जनाइएको छ । “जब तरल कुनै पनि जलीय जीवलाई असर नगर्ने गरी प्रशोदित भएको पुष्टि हुन्छ, अनिमात्र त्यसलाई खुटिया नदीमा फालिन्छ” चन्दले भन्नुभयो । ३० वर्षपछि फोहोरमैला व्यवस्थापन गरिएको ठाउँ अग्लो डाँडाजस्तै बन्नेछ । त्यसपछि त्यहाँ चिल्ड्रेन पार्क वा वृक्षारोपण गरेर पुनः वन बनाउन सकिने जनाइएको छ । पटेला सामुदायिक वन क्षेत्रमा सो फोहोरमैला व्यवस्थापन केन्द्र बन्दैछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...