लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । ‘प्रदेश सरकारको तर्फबाट लैङ्गिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएका छौँ । महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’ उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पुर्याउनु पर्नेमा जोड दिनुभयो । ‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरू छन् । ती असमानताहरू हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो’शुभकामना सन्देशमा उल्लेख छ ।नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । मुख्यमन्त्री आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...