लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । ‘प्रदेश सरकारको तर्फबाट लैङ्गिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएका छौँ । महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’ उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पुर्याउनु पर्नेमा जोड दिनुभयो । ‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरू छन् । ती असमानताहरू हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो’शुभकामना सन्देशमा उल्लेख छ ।नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । मुख्यमन्त्री आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...