महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी

Published on

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनुभयो । उहाँले आफ्नो छोरी रानी र अरूको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने जिकिर गर्नुभयो । मन्त्री सुडीले छोरी सरह स्नेह दिनसके आमा सरह माया पाउने पाउने बताउनुभयो । पुरुष र महिलामा कानुनी रूपमा कुने विभेद नभए पनि व्यवहारिक रूपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

‘‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरूको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरूको छोरी पनि रानी बनाउनुपर्छ ।,’’ मन्त्री सुडीले भन्नुभयो, ‘‘आमाले छोरीलाई खान नदिने, बर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छिन् ।’’ मन्त्री सुडीले महिलाहरूको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गर्नुभयो । उहाँले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताउनुभयो । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...