गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ । भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज(शनिबार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।” लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले थप्नु भयो, “आन्दोलन क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।”


लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उहाँले बताउनुभयो । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उहाँको दाबी छ । उहाँले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिनुभएको छ । अर्को प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताउनु भएको छ । सरकार गठन पूर्व नेपाली काँग्रेस नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताउनुभयो ।

ताजा समाचार

एमाले सचिवालय बैठक : लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक...

सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु

काठमाडौँ । सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले...

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उहाँको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बितः इरान

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको...

धनुषामा चोकको नाम राख्ने विषयमा विवाद: प्रहरीको गोली लागेर एक घाइते

काठमाडौँ । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले...