सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्नुहुने

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले दिनको १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्नुहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्नु यस प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो । शनिबार बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उहाँले प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेबारे सदनलाई जानकारी गराउनुभएको थियो । ठुलो लगानीमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि बनेको संरचना अलपत्र रहेको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधनले ठुलो अर्थ राख्ने उहाँको भनाइ थियो । पाठकले प्रदेश सभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर प्रधानमन्त्रीलाई बुझाउनका लागि आग्रहसमेत गर्नुभयो । “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो, “यो विधेयकलाई चाँडै पारित गर्न दबाब दिनका लागि हामी सबैले एउटा साझा धारणा बनाएर संकल्प प्रस्ताव पारित गरौँ ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...