सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्रीले आज सम्बोधन गर्नुहुने

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले दिनको १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्नुहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्नु यस प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो । शनिबार बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उहाँले प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेबारे सदनलाई जानकारी गराउनुभएको थियो । ठुलो लगानीमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि बनेको संरचना अलपत्र रहेको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधनले ठुलो अर्थ राख्ने उहाँको भनाइ थियो । पाठकले प्रदेश सभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर प्रधानमन्त्रीलाई बुझाउनका लागि आग्रहसमेत गर्नुभयो । “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो, “यो विधेयकलाई चाँडै पारित गर्न दबाब दिनका लागि हामी सबैले एउटा साझा धारणा बनाएर संकल्प प्रस्ताव पारित गरौँ ।”

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...