वरिष्ठ साहित्यकारद्वय नेपाल र जिसी सम्मानित

Published on

काठमाडौँ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले एक कार्यक्रमको आयोजना गरेर स्रस्टा सम्मान, एकल कविता वाचन र सङ्घर्ष सँगाती कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २५ हजार ५५५ रुपियाँ राशीको पूर्णिमा साहित्य रत्न २०८० बाट वरिष्ठ साहित्यकार प्रा.डा. देवी नेपाललाई र सात हजार ७७७ रुपियाँ राशीको तुलसीराम स्मृति पुरस्कार २०८० बाट वरिष्ठ साहित्यकार गणेश जिसीलाई पुरस्कृत र सम्मानित गरिएको छ । सोही अवसरमा विद्यावारिधि गर्ने संस्थाका आजीवन सदस्य हरिप्रसाद तिमिल्सिेनालाई पनि सम्मान गरिएको थियो । पूर्णिमा साहित्य रत्न पुरस्कार वि.सं. २०७९ मा स्थापना भई वि.सं. २०७० देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ भने तुलसीराम स्मृति पुरस्कार वि.सं. २०६२ मा स्थापना भई २०६३ देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

सो सम्मान कार्यक्रममा बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सदस्य सांसद सूर्य ढकाल र पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले सम्मानित साहित्यकारहरुलाई दोसल्ला ओढाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेर पुरस्कृत तथा सम्मानित गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै सांसद ढकालले पछिल्लो समय पश्चिम नेपालमै सबैभन्दा बढी साहित्यिक गतिविधि र कार्यक्रम हुने सहर कोहलपुर बनेको बताउँदै खुशी व्यक्त गर्नुभयो । सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. नेपालले साहित्यकारहरुलाई सम्मान र पुरस्कृत गर्नु भनेको साहित्यमा आउन चाहने नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा वरिष्ठ साहित्यकार नेपालले एकल कविता वाचन गर्नुभएको थियो । उक्त अवसरमा नै आयोजना गरिएको सङ्घर्ष सँगाती कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा।डा। जनार्दन आचार्य र किरण आचार्यको बिचमा जीवन सङ्घर्ष, उपलब्धि, शिक्षा र साहित्यसम्बन्धी अन्तर संवादको दोस्रो शृङ्खला पनि सम्पन्न गरिएको पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष रिजालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...