म्याग्दे गाउँपालिकाद्वारा चिस्यान केन्द्र निर्माण

Published on

काठमाडौँ । किसानको उत्पादनको सुरक्षा र बजारिकणमा सहयोग पुर्‍याउन तनहुँको म्याग्दे गाउँपालिकाले चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको तरकारीको भण्डारका लागि-३ मा तीन सय मेट्रिकटन क्षमता भएको सञ्चालन गरिएको हो । केन्द्रको शुक्रबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले उत्पादनको सुरक्षित गरी किसानको आय वृद्धि गर्न तथा पालिकालाई आत्मनिर्भर बनाउन निर्माण गरिएको बताउनुभयो । किसानले दुःख गरी उत्पादन गरिएको वस्तुको उचित वजारीकरण नहुदाँ किसान मर्कामा परेकोले अब सहज हुने विश्वास अध्यक्ष श्रेष्ठले गर्नुभयो ।

उपाध्यक्ष वालकृष्ण घिमिरेले पहिलो प्राथमिकता किसानलाई दिइएकोले शित भण्डार निर्माण गरिएको बताउनुभयो । बिक्री नभएको त्यत्तिकै खेर जाने गरेकोमा कोल्डस्टोरमा राखेर बिक्री गर्न सक्ने गाउँपालिकाले जनाएको छ । प्रविधियुक्त बिउँ उत्पादन तथा कृषि प्रयोगात्मक केन्द्र निर्माण योजनाको दोश्रो चरणमा सम्पन्न गरिएको योजना आर्थिक वर्ष ०८०/०८१ मा वि.आर. कन्सट्रक्सन दमौलीले निर्माण गरेको हो । कुल दुई करोड ८६ हजार आठ सय ८२ रुपियाँमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भण्डारण गर्न तथा बजार सम्म लैजान सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “बिक्री नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि चिस्यान केन्द्र र कृषि एम्बुलेन्स र सञ्चालन गरेका हौं ।” व्यापारीले एकैपटक धेरै लान नसकेका तरकारी भण्डारण गरेर राख्न, विपतमा सडक अवरुद्ध भएका वेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन भण्डारले मद्धत गर्ने गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...