अखिल नेपाल महिला सङ्घको छ वटा पालिका अधिवेशन सम्पन्न

Published on

काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घको जिल्लाका छ वटा गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। जिल्ला कार्य समिति गठनका लागि चौथो गाउँपालिका अधिवेशन फरक फरक मितिमा सम्पन्न भएका हुन्। सङ्घ हुम्लाकी अध्यक्ष मन्जु रावलले जिल्ला अधिवेशन गर्नु अगाडि गाउँपालिका अधिवेशन गर्नुपर्ने भएको कारण छ वटा गाउँपालिकामा अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको बताउनुभयो। उहाँका अनुसार ताजाकोट गाउँपालिकामा कविता बोगटीको अध्यक्षतामा २१ सदस्यीय सङ्घको गाउँपालिका कमिटी गठन गरिएको छ।

अदानचुलीमा तारा रावल ऐडी, चङ्खेलीमा मिठु शाही, सर्केगार्डमा बाचकला शाही जैसी, खार्पुनाथमा गीता शाही र सिमकोट गाउँपालिका बाँचु रावतको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ। अध्यक्ष लगायत उपाध्यक्ष दुई जना, सचिव, उपसचिव र कोषाध्यक्षसहित छ जना पदाधिकारी गाउँपालिका अधिवेशनले चयन गरेको छ। गाउँपालिकामा १५ जना सदस्य चयन भएका छन्। त्यसैगरी उत्तरी नाम्खा गाउँपालिकामा पनि एक दुई दिनमा पालिका अधिवेशन गरिने भएको छ। उहाँले चैत १ र २ गते हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको र सो प्रशिक्षणका लागि अनेम सङ्घ कर्णाली प्रदेशका अध्यक्ष भद्रा हमाललाई सहभागीता गराउन लागिएको छ। अनेम सङ्घको जिल्ला अधिवेशन भने आगामी २०८२ सालमा जेठ महिनामा गर्ने तयारी गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...