राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

Published on

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गर्नुभएको छ । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गर्नुभएको हो । अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ । उहाँले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गर्नुभएको हो । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागु हुन्छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...