‘डिजिटल मिडिया अलायन्स’ गठन

Published on

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ ।

अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताउनुभयो । अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वद्र्धनमा भूमिका खेल्ने उहाँले बताउनुभयो । संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहनुभएको छ भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं हुनुहुन्छ । सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी हुनुहुन्छ । रासस

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...