कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

Published on

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ वटा स्थानीय तहलाई पछि पार्दै मेरिङ्देन गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा मेरिङ्देन गाउँपालिका प्रथम भएको छ । गाउँपालिकाले ६९.१४ अङ्क प्राप्त गर्दै ताप्लेजुङमा पहिलो भएको हो । यस अघिको प्रारम्भिक नतिजामा भने पाथिभरा याङवरक गाउँपालिका प्रथम भएको थियो । प्रारम्भिक नतिजामा पाथिभरा याङ्वरक गाउँपालिकाले ६७.६ अङ्क प्राप्त गरेको थियो भने अन्तिम नतिजामा ६७.६५ अङ्क प्राप्त गर्दै दोस्रो भएको छ ।

यस अघिको प्रारम्भिक नतिजामा भने मेरिङ्देन गाउँपालिकाले ४६.१ अङ्क प्राप्त गर्दै आठौँ भएको थियो । अन्तिम नतिजामा छ वटा वडा रहेको मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुँदा सिदिङ्वा गाउँपालिका अन्तिम भएको छ । सिदिङ्वा गाउँपालिकाले ४५.७२ अङ्क प्राप्त गरेको छ । प्रारम्भिक नतिजामा पनि यो गाउँपालिका ४५.७ अङ्क प्राप्त गर्दै अन्तिम भएको थियो । यस अघि प्रारम्भिक नतिजामा दोस्रो भएको मैवाखोला गाउँपालिका तेस्रो भएको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजा प्रतिवेदन अनुसार मैवाखोला ६४.६२ अङ्क प्राप्त गरेर तेस्रो भएको छ । यस अघिको प्रारम्भिक नतिजामा गाउँपालिकाले ६४.६ अङ्क प्राप्त गरेको थियो । यस्तै ५८.६० अङ्क प्राप्त गरेर आठराई त्रिवेणी गाउँपालिका चौथो भएको छ । यस अघिको प्रारम्भिक नतिजामा भने ५८.७ अङ्क प्राप्त गरेर तेस्रो भएको थियो ।

भूगोलको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिका फक्ताङलुङले ५८.६० नतिजा प्राप्त गर्दै पाँचौँ भएको छ । यस अघिको प्रारम्भिक नतिजामा ५८.६ अङ्क प्राप्त गरी चौथो भएको थियो । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका ५६.४३ अङ्क प्राप्त गरी छैटौँ भएको छ । प्रारम्भिक नतिजामा भने ५७ अङ्कका प्राप्त गरि पाँचौँ भएको थियो । त्यस्तै, प्रारम्भिक मूल्याङ्कनमा छैटौँ भएको सिरिजङ्घा गाउँपालिका ५६.४३ अङ्क प्राप्त गरी सातौँ भएको छ । यस अघिले सिरिजङ्घाले ५६.४ अङ्क प्राप्त गरेको थियो । यसैगरी, कार्यसम्पादनको अन्तिम नतिजामा मिक्वाखोला गाउँपालिका ४९.४५ अङ्क प्राप्त गरी आठौँ भएको छ । प्रारम्भिक नतिजामा मिक्वाखोला गाउँपालिकाले ४६.१ अङ्क प्राप्त गरेको थियो । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी आयोगले नतिजा सार्वजनिक गरेको हो । वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सूचकहरूमा लेखापरीक्षण, बेरुजु फर्छ्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन, विद्यार्थी भर्ना साथै टिकाउ दर, आयोगले तयार पारेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे नगरेको लगायत छन् । आयोगले स्थानीय तह सरकारहरुले प्राप्त गरेको अन्तिम नतिजा फागुन २५ गते सार्वजनिक गरेको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अङ्क माघ ३० गने प्रकाशित गरी सात दिनको समय दिई पुनरवलोकन गर्न सूचना प्रकाशन गरेको थियो । उक्त अवधिमा प्राप्त निवेदनका आधारमा आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...