खैरो हिरोइनसहित पाँचजना पक्राउ

Published on

काठमाडौँ । कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । धनगढी उपमहानगरपालिका–३ त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय आदित्य रानालाई दुई ग्राम ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । गौरीफन्टाबाट मोटरसाइकलमा आउँदै गर्दा शङ्का लागेर प्रहरीले उनलाई चेकजाँच गरेको थियो ।

यसैगरी, खैरो हेरोइनको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–७ हरिनगरका २५ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले चौधरीको घरमा कोटको खल्तीबाट १५ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगरकै २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवलका ३५ वर्षीय रमेश कार्कीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...