नागरिक लगानी कोषको रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौँ : अध्यक्ष ढकाल

Published on

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताउनुभएको हो । अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरु पनि कोषहरु रहेको छ । करिव ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेकोले अहिलेको परिस्थितिलाई लगानी विविधिकरणको लागि नयाँ नयाँ पोलिसीहरु पनि नयाँ नीतिहरु ल्याएका छौँ भन्नुभएको छ । जुन निकै सह्रानीय छ ।” यसैगरी, करिव दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फण्ड रहेको जानकारी गराउँदै उहाँले एसएसएफको १ खर्ब जति रहेको तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने, आम जनतालाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो रहेको बताउनुभयो । उहाँले यो फण्डको प्रयोग गर्न नसकेको र एउटा मेरिट बेसिसमा सर्टेन्ज प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रोपावर लगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरुमा सुरु भइसकेको छ तथा निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...