‘कोषको रकम सरकारले निर्धारण गरेका उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुपर्छ’

Published on

काठमाडौँ । देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो । आम नागरिकलाई कसरी कोषमा आबद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताउनुभयो । “आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै जाने छ ।”,उहाँले भन्नुभयो ।

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा. सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुभयो । आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी सङ्ख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरू सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तन्व्य राख्नु हुँदै कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले दुई करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी छ अर्ब ४८ करोड १७ लाख पुगेको बताउनुभयो । कोषमा आबद्ध करिब सात लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाब किताब चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कोषले लगानी विविधीकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकता अनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।

चालु आवको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत दुई खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्रोजरी बिल एवं सङ्गठित संस्थाको सेयर/धितोपत्र लगायतमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक कार्कीले कोषको वार्षिक साधारणसभा निर्दिष्ट समयमा सम्पन्न गरिएको, कर्मचारी विनियमावली नेपाल सरकारबाट स्वीकृत भई आइसकेको हुँदा कर्मचारीहरूको वृति विकासको कार्य प्राथमिकताका साथअघि बढाइने हुँदा उत्प्रेरित भई कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । ढकालले त्यस्ता कोषहरूको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी कोषको ठुलो रकम बैँक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो । कोषको पूर्वअध्यक्ष डा.भोजराज घिमिरेले कम जनशक्तिले २७३ अर्ब रुपैयाँको फन्ड सञ्चालन गर्नु भनेको ठुलो उपलब्धि भएको बताउनुहुँदै कोषले अझ आफूलाई अगाडि लानु पर्ने धारणा राख्नुभयो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रबिक्रम थापाले कोषसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न कोष व्यवस्थापन र नेपाल सरकारसँग आग्रह गर्नु भएको थियो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...