धनुषामा चोकको नाम राख्ने विषयमा विवाद: प्रहरीको गोली लागेर एक घाइते

Published on

काठमाडौँ । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताउनुभयो । चोकको नाम राख्ने विषयमा दुई समूहबिचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । झडपमा चोट लागेर अन्य दुई जना घाइते भएका छन् । भठिहनस्थित चोकमा केही दिन अघि ‘यादव चोक’ लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर हटाएपछि दुई समूहबिच तनाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । प्रहरीले श्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...