पाल्पाका दुई क्याम्पसमा मतदान जारी

Published on

काठमाडौँ । पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये दुई क्याम्पसमा मतदान प्रक्रिया चलिरहेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियुको नेतृत्व चयनका लागि मतदान भैरहेको हो । दर्छा क्याम्पस, उदवुद्ध क्याम्पस र माण्डव्य बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भैसकेको छ।

सात सय १५ जना मतदाता रहेको शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यालन विच प्रतिस्पर्धा हुँदैछ । सभापति, सचिव र कोषाध्यक्षमा २/२ जनाको उम्मेदवारी रहेको छ । विहान ८ बजे देखि शान्त वातावरणमा मतदान चलिरहेको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिनुभयो । देशकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यसपटक नेपाल विद्यार्थी संघ र अखिल छैठौ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू (स्वतन्त्र) प्यानलसहित प्रतिस्पर्धामा छन् । सभापतिमा ४, सचिवमा ३ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको छ । १ हजार ८ सय ९४ मतदाता रहेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...