मोरङको धनपालथानमा आगलागी: एक बालिकाको मृत्यु

Published on

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगलागीबाट स्थानीय मुस्लिम बस्तीका १२ घरसहित १६ वटा टहरा जलेर नष्ट भएको छ । आगलागीमा परेर तीन वर्षे बालिका रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायण चिमरियाले जानकारी दिनुभयो । आगलागीका कारण भएको भागदौडका क्रममा हराएका भनिएका अर्का बालक भने सकुशल फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । बिहानैदेखि हावा चलिरहेको र गर्मी बढेसँगै सुख्खापन बढ्दै गएको बेला आगलागी भएको हो । फुसका घरहरु नजिकै भएको र परालको मचान पनि सँगै रहेका कारण आगो गाउँमा फैलिएको थियो । दिउँसो १२ बजेतिरबाट आगलागी सुरु भएको हो । प्रहरीले घटनास्थलबाट क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...