१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

Published on

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्यले मङ्गलबार एक कार्यक्रमबिच लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो । १०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा लोगोमा सात रङ्ग, चन्द्र र सुर्य झन्डा अङ्कित रहेको छ । खेलकुद मन्त्री चौधरीले लोगो र मस्कट कर्णाली प्रदेशको माटोसँग मिल्ने खालको रहेको बताउनुभयो ।

लोगो र मस्कट दुवै विकास तमकुजुले बनाउनुभएको हो । कार्यक्रममा १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरिएको छ । लगातार सर्दै आएको १०औँ खेलकुदमा सहभागी टोली र खेल संख्या अझै ढुङ्गो लागेको छैन । यसअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठमा सारिएको हो ।जेठमा चर्को गर्मीसँगै कर्णालीको सुर्खेतमा खेलाडीको आवासका लागि प्रयाप्त होटललगायत ब्यवस्थापन गर्न थप चुनौती हुने देखिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...