युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको विषय गम्भीर विषय भएकाले व्यवस्थापनका लागि सरकारले यथोचित प्रयास गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सांसद भगवती चौधरीले गर्नुभएको जिज्ञसाको जवाफमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । आफ्नो देश आफै बनाउने विषय युवालाई सुसुचित गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “युवालाई उद्यमशील बनाउनेगरी सरकारले योजना र कार्यक्रम बनाएको छ । आर्थिक, प्राविधिक सबै विषयमा सरकारले सघाइरहेको छ ।”

महिला उद्यमीहरुलाई उत्प्रेरित गर्नेगरी सरकारले थप प्राथमिकता दिएर काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्व अहिले ग्लोबल भिलेजको रुपमा रहेको छ, युवाहरुलाई प्रशिक्षित गरेर स्वदेशमा व्यवस्थापन गर्नु एकदम राम्रो पक्ष हो, तर सरकारले जवर्जस्ती रोक्न त सक्दैन । युवालाई स्वदेशमै श्रम खर्च गर्ने चेतनाको बृद्धि गर्ने प्रयास सरकारले मात्र होइन, सबै पक्षले त्यसमा सहयोग गर्नुपर्छ ।” यो देश बन्दैन, केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ, जुन राम्रो होइन । बालबालिकाको कलिलो मस्तिस्कमा यस्तो नकारात्मक कुरा राखिदिनु हुन्न, सकारात्मक विषय र देश र जनताको विकासको पक्षमा भाष्य निर्माणमा सबै लाग्नुपर्छ उहाँले भन्नुभयो, “युवाहरु अध्ययनका लागि बाहिर जानु राम्रो हो, यहाँभन्दा राम्रो र गुणस्तरीय शिक्षा बाहिर पाइन्छ भने त्यो शिक्षा लिएर त्यहाँको ज्ञान स्वदेशमा लगानी गर्नु राम्रो हो, त्यसमा हामीले युवालाई उत्प्रेरित गर्नुपर्छ ।” उत्पादनशील्ता र उत्पादन बृद्धि गर्नमा सरकारले पूर्वाधार विकासको काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । कृषि आधुनिकीकरणका लागि, अहिलेको अवस्था बदल्नका लागि, गरिबी हटाउनका लागि तीनै तहको सरकार लागिपरेको उहाँले प्रष्ट पार्नुभयो ।

ताजा समाचार

ट्रक दुर्घटनामा चालक घाइते

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक...

इटहरी सेन्टर प्लाजा आगलागी : ११ जनाको उद्धार

काठमाडौँ । इटहरीको मुख्य चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

काठमाडौँ । दक्षिण कोरियाको सबैभन्दा खराबमध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई...

गंगालालमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५...