सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताउनुभयो। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।

ताजा समाचार

सेजबाट तीन अर्बको निर्यात

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको...

अनुचित मूल्य वृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका...

चीनलाई लक्षित गरेर दर्जनौँ संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने...

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे...