ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

Published on

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका–१ मा लु. प्र. ०३–००१ क ००२७ नम्बरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर ट्रकमै बसेका दुई कामदारमध्ये एक कामदारको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् । सोहि नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाइते रहेको उहाँले बताउनुभयो ।

घटना लगत्तै दुवै जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले देवचन्द्रलाई मृत घोषणा गरेको र घाइते मनविरको उपचार भइरहेको बताइएको छ । मनविरको हातमा चोट लागेको छ । दुबै मजदुरहरु ट्रकसँगै नेपालगञ्जतर्फबाट आएको बताइएको छ । उनीहरु एन स्काई कम्पनीमा लेवरको रुपमा कार्यरत रहेको बुझिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेका थिए । मार्वल ट्रकको वरिपरीको भागमा बाँधेर ल्याईएको र मोडमा मार्वल बाँधेको डोरी चुडिएपछि बिचमा बसेका दुई मजदुर च्यापिएका थिए । घटनापछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार रहेका छन् । चालकको खोजी भईरहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...