मनकामना केबुलकार बिहिबार बन्द हुने

Published on

काठमाडौँ । मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारि गराएको हो । मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिनुभयो । उहाँका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्धेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएपछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्र्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ । १ दिन केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबार पुन सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको जानकारि दिनुभयो ।

spot_img

ताजा समाचार

असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा

काठमाडौं । गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया...

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...