घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द

Published on

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनका लागि बन्द हुने भएको छ । बारपाक सुलीकोट गाउँपालिका अन्तर्गत घ्याम्पेसाल हुँदै ताकुकोटमा रहेको गाउँपालिकाको कार्यालयसम्म पुग्ने सडक खण्ड धमाधम कालोपत्रे गर्ने काम सुरु हुन लागेकोले ४ दिन बन्द गरिएको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत २७ करोड लागतको बजेटमा ८ किलोमिटर सडक कालोपत्रे हुन लागेकोले त्यस सडक मार्ग भएर चल्ने साना तथा ठुला सवारी साधनलाई वैकल्पिक मार्ग भएर सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ । अहिले घ्याम्पेसाल हुदै पाँचखुबा, देउराली हुदै ताकुकोट सडक खण्ड अन्तर्गत २०८१ चैत ११ गतेबाट २०८१ चैत १४ गतेसम्म सडक बन्द हुने भएकाले सडक यात्रुमा पर्न गएको असुविधाप्रति गाउँपालिका सजग रहेको गाउँपालिकाले सोमबार निकालेको सूचनामा भनिएको छ ।

spot_img

ताजा समाचार

असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा

काठमाडौं । गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया...

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...