लहानमा आधुनिक तरकारी बजार

Published on

काठमाडौँ । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले रु दुई करोड २९ लाख ७४ हजार पाँच सय २० लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गर्नुभयो । जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ । “जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि लहान हो । यो ठाउँमा पहिलेदेखि अव्यवस्थित रूपमा हाट बजार चलिरहेकै थियो, यसलाई व्यवस्थित बनाउँन लागेका छौँ”, उहाँले भन्नुभयो, “बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बन्ने सुविधासम्पन्न संरचनाले यहाँका किसान, बजारवासी सम्पूर्णलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

नगरप्रमुख चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ वटा सटरसहित दुई तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुनेगरी स्टल उपलब्ध गराइने पनि उहाँले जानकारी दिनुभयो । विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आएको भए पनि यस पटक काम सुरू भएकाले यहाँका तरकारी व्यवसायीलाई उत्साहित तुल्याएको यहाँका हाटबजार समितिका अध्यक्ष राजकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब पाँच बिघा क्षेत्रफलमा यहाँ हटिया सञ्चालन हुँदै आएको छ । हप्तामा सोमबार र शुक्रबार दुई दिन लाग्ने हटियामा पचासौँ हजार मानिस हटिया भर्न आउने गर्दछन् । यस्तो व्यस्त हाट बजारलाई नगरपालिकाले व्यवस्थित संरचना बनाइदिने कार्यले यहाँका तरकारी व्यवसायिलाई उत्साहित बनाउने काम गरेको छ ।” बढ्दो जनसङ्ख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटोलाई छेकेर तरकारी बजार सञ्चालन समेत हुने गरेको थियो । आधुनिक बजारमा सेवा सुरू भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...