रामपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

Published on

काठमाडौँ । इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारी स्वास्थ्य भएमा मात्र प्रहरी सेवा प्रभावकारी रहने भएकोले कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो । इलाका प्रहरी कार्यालय रामपुरको आयोजना, पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि र होराइजन डेन्टल क्लिनिक प्रालि रामपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । दैनिक ड्युटीमा खटिने प्रहरी कर्मचारीको रोगहरू सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने भएकाले स्वास्थ्य जाँचको लागि शिविर सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्यक छ । चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्युटी निभाउने प्रहरीलाई आफ्नो स्वास्थ्य प्रति सचेत बनाउन स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।”

पाल्पा मेट्रोसिटी हस्पिटल प्रालिका सञ्चालक डा. भिमसेन सुुुनारले शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक, कान तथा घाँटी सहित अन्य स्वस्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । शिविरको अवसरमा हस्पिटल र प्रहरी कार्यालयबिच प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता समेत भएको जानकारी दिनुभयो । साथै प्रहरी कर्मचारीको दाँत परीक्षणसँगै दन्त स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको होराइजन डेन्टल क्लिनिकका सञ्चालक डा। शंकर श्रेष्ठले बताउनुभयो । मेडिकल अधिकृतको सहित ल्याब टेक्निसियनको टिमले इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीमा कार्यरत ३५ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...