प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य

Published on

काठमाडौँ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्का हाने । यस्तै दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाए । यसैगरी पुलिसका लागि सागर ढकालले अविजित २२ रन, अमित श्रेष्ठ ७, गुल्सन झाले ८, ललितनारायण राजवंशीले ७, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए । बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले ४, कप्तान दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए । दाङमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश पाँचौँ स्थानमा छ । रासस

ताजा समाचार

मन्त्रीको सेवा, सुविधाको रकम समाजसेवामा

काठमाडौँ । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा,...

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि...

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

काठमाडौँ । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह)...

‘इयुसँग ‘आवश्यक भएमा’ अमेरिकी करको बदला लिने ‘कडा योजना’ छ’

कामठमाडौँ । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू...