तीन महिनापछि भोजपुरमा उडान सुरु

Published on

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । वि.सं.२०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए । निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ । रासस

ताजा समाचार

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा...

इद सद्भाव र पारिवारिक मिलनको पर्व : प्रदेश प्रमुख मियाँ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी...

बेनी रिङरोड स्तरोन्नति सुरु

काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति योजना सुरु भएको छ । सघन सहरी...

सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ: गृहमन्त्री लेखक

काठमाडौँ । नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।...