एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

Published on

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी ५ पोखरभिन्डाका ४५ वर्षीया विनित झालाई खखना केन्द्रबाट तथा बलवा १ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका झालाई इलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई इलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताउनुभयो ।

अनुगमन टोलीले निगौल केन्द्रबाट परीक्षार्थीको साथबाट एक थान मोवाइल बरामद गरेको उहाँको भनाइ छ । त्यस्तै परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा २ जना निरीक्षकमाथि कारवाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वको परीक्षा अनुगमन टोलीले जनता मावि कोल्हुवा केन्द्रका निरीक्षक सीतेन्द्रराज शरणमाथि कारवाही गरेको हो । अनुगमनका क्रममा शरणले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षा अवधीभरका लागि निष्कासन गरिएको न्यौपानेले बताउनुभयो । लगत्तै शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख रेविका अमात्यको नेतृत्वमा रहेको अनुगमन टोलीले रामदेव जनता मावि भमरपुराका निरीक्षक रानाकुमार यादवलाई पनि परीक्षा अवधीभरको लागि निष्कासन गरेको छ ।

ताजा समाचार

‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल...

तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग

काठमाडौँ । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) गत...

धनकुटामा एमालेको बृहत् मोटरसाइकल र्‍याली

काठमाडौँ । नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । गत...

प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण...